मंगलबार , साउन १२, २०७८

बादलसहित पूर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा मनोनीत

असार १६, २०७८ बुधबार 134

नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोजक कमिटीको

बैठकले यसलाई केन्द्रीय कमिटिमा रूपान्तरण गर्ने निर्णय गरेको हो। आयोजक कमिटीको निर्णयसँगै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ। गत चैतमा प्रधानमन्त्री

एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए। खनाल र नेपालले भने २०७५ जेठ २ को

संगठनात्मक ढाचामा पार्टीलाई लैजानुपर्ने अडान राखेका थिए। तर ओलीले आयोजक कमिटीकै निर्णयबाट खनाल नेपाल पक्षमाथि कारबाही चलाएका थिए।
सर्वोच्च अदालतले आयोजक कमिटीले

दिर्घकालिन निर्णय गर्न नसक्ने आदेश दिएपछि केन्द्रीय कमिटी व्यूँताउने दबाब ओलीलाई परेको थियो। त्यस्तै बैठकले स्थायी कमिटीमा राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर

रायामाझी, मणि थापा, रघुबीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय समेत गरेको छ। महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित

११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता

प्रदीप ज्ञवालीले बताए। यस्तै वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा पार्टीले सहयोग गर्ने निर्णयसमेत गरेको छ। यो निर्णयसँगै नेकपा एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो।

प्रतिकृया दिनुहोस्