मंगलबार , साउन १२, २०७८

सामसङको नयाँ ‘ग्यालेक्सी एम–५२ ५–जी’ मा हुनेछ यस्ता फिचर

असार १६, २०७८ बुधबार 131

दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङ नयाँ फोन ‘ग्यालेक्सी एम–५२ ५–जी’को उत्पादनमा लागेको छ। गत वर्ष सार्वजनिक भएको

‘ग्यालेक्सी एम–५१’को सफलतापछि कम्पनीले यसैको अर्को सिरिज ल्याउन लागेको हो। ‘ग्यालेक्सी एम–५२ ५–जी’ सार्वजनिक हुन अझै केही महिना बाँकी रहँदा बजारमा यसका फिचरहरु लिक भइसकेको छ।

चिनियाँ टेक अखबार जिकमोचाइनाका अनुसार ‘ग्यालेक्सी एम–५२ ५–जी’मा स्न्यापड्रागन ७७८–जी चिपसेट प्रोसेसर प्रयोग भएको छ। यो स्मार्टफोनमा तीनवटा क्यामरा हुनेछ, जसमा मूख्य क्यामरा ६४

मेगापिक्सलको छ भने बाँकी दुई १२ मेगापिक्सलको अल्ट्रावाइड लेन्स र ५ मेगापिक्सलको म्याक्रो क्यामरा हुनेछ। फोनको अगाडीपट्टि भने ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ। ‘ग्यालेक्सी एम–५२ ५–जी’

कालो, सेतो र निलो गरेर तीनवटा रङमा उपलब्ध हुने जिकमोचाइनाले बताएको छ। यसमा सात हजार एमएएच ब्याट्री पावर हुने अनुमान छ। यो स्मार्टफोनको डिस्प्लेबारे कुनै जानकारी खुलासा

भएको छैन। गत वर्षको ‘ग्यालेक्सी एम–५१’मा ६।७ इन्चको एसएमोलेड फुल एचडी प्लस डिस्प्ले थियो। यो ६ जिबी र ८ जिबी र्यामको विकल्पमा १२८ जिबी आन्तरिक स्टोरेज साथ आएको थियो। सामसङले

‘ग्यालेक्सी एम–५२ ५–जी’को डिस्प्ले पनि अपडेट गरेर ल्याउने आशा गरिएको छ। कम्पनीले प्राय आफ्नो नयाँ स्मार्टफोन अगस्ट महिनातिर सार्वजनिक गर्छ। यो वर्षपनि नयाँ ‘ग्यालेक्सी एम–५२ ५–जी’ छिट्टै सार्वजनिक हुनसक्ने रिर्पोटले जनाएको छ।

प्रतिकृया दिनुहोस्