बिहिबार , माघ १३, २०७८

म्युकोमाइकोसिसको चिन्ता

असार १७, २०७८ बिहिबार 238

को’रोना भा’इरसको सं’क्रमण भई निको भएपछि पनि पूर्ववत् स्वस्थ हुन नसकेको, हातगोडा सुन्निने, थोरै हिडाइमा पनि थकान महसुस हुने, सास फेर्न गा’ह्रो हुने, मुटुले राम्रोसँग काम नगर्नेजस्ता समस्या देखिएको यत्रतत्र सुन्न थालिएको छ ।

भित्रभित्रै कमजोर महसुस हुने, खोकी लागिरहनेजस्ता समस्या आम भएका छन् । यसबाट मानसिकरूपमा त्रास बढेको छ । दोस्रो लहरमा छिमेकी मुलुक भारतमा को’भिडका बिरामीमाझ प्रकोपका रूपमा देखिएको म्युकोमाइकोसिस नेपालमा पनि फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखमा २६ जना यसबाट बिरामी भएको पुष्टि भएको छ । काठमाडौंको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मात्र हालसम्म १३ जना यसका बिरामी भर्ना भईसकेका र उपचारका लागि खासै औषधि नभएको अवस्था छ ।

म्युकोमाइकोसिसका धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता थपिने र आँखा नै नदेख्ने हुने गरेको चिकित्सकहरू बताउँछन् । यसबाट आजसम्म एक जनाको मृ’त्यु भएको, दुई जनाको आँखा नै निकाल्नुपरेको र अन्य बिरामी पनि निकै ग’म्भीर अवस्थामा रहेको अस्पतालले जनाए

पनि सरकार यो समस्याको विषयमा औपचारिकरूपमा बोलिरहेको छैन । म्युकोमाइकोसिसका बिरामीलाई मुख्यतया ‘एम्फोटेरिसिन बी’ नामको औषधि दिइने गरिएको र अहिले उक्त औषधि नेपालमा उपलब्ध नभएको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताइरहेका छन् ।

यो औषधि भारतले पनि निर्यातमा रोक लगाएको छ । एम्फोटेरिसिन बी औषधि अहिले नेपाली बजारमा नभएका कारण बिरामीले विकल्पका रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

एम्फोटेरिसिन बीको दाँजोमा पोसाकोनाजोल सस्तो भए पनि ‘साइड इफेक्ट’ धेरै भएको चिकित्सकहरूले बताएका छन् । भारतले औषधिमा प्रतिबन्ध लगाएपछि नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँग उक्त औषधि तीन हजार भाइल उपलब्ध गराउन अनुरोध गर्‍यो ।

ठीक एक महिनाअघि, जुनको पहिलो साता एक हजार भाइल औषधि नेपाल आएको र १८ जना बिरामीको उपचार सम्भव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो औषधि महँगो हुनुका साथै एक जना बिरामीलाई ८० भाइल आवश्यक पर्ने हुनाले एउटा बिरामीका लागि आठ लाख रुपियाँसम्म

औषधिको खर्च हुने बताइन्छ । यो औषधि विशेषगरी कालाजारका लागि प्रयोग गरिंदै आएको र अब कालाजारका बिरामी भए भने ती बिरामीसमेत उपचार नपाएर जोखिममा पर्ने निश्चित छ । चिकित्सकहरूका अनुसार मधुमेयमा चिनीको मात्रा धेरै भएकाहरूले नाक बन्दहुने र आँखा सुन्निनेबित्तिकै

म्यूकोमाइकोसिसको शंका गरेर उपचारका लागि अस्पताल गइहाल्नुपर्ने सुझाव दिएका छन् । तर यो सुझाव बिरामीका माझ पुग्न धेरै ढिला भइसकेको छ ।
नेपालका औषधि उत्पादक र नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई आगामी दिनमा औषधि

अभावका कारण कुनै पनि बिरामीले आँखा गुमाउनुका साथै ज्यानै पनि समाप्त पार्नु नपरोस् भन्ने कुरामा सतर्क हुनैपर्छ । सरकारले हरेक समस्यामा परनिर्भरताको

नीति लिनुभन्दा स्वदेशी औषधि उद्योगहरूलाई औषधि उत्पादन गर्न प्रोत्साहन गरी आवश्यक स्रोत–साधन जुटाउने विषयमा ग’म्भीर बन्नैपर्छ । समयमै सचेत नहुने र पछि पछुताउने प्रवृत्ति राम्रो होइन ।

प्रतिकृया दिनुहोस्