बिहिबार , माघ १३, २०७८

काठमाडौं उपत्यकामा थपिए ४१९ सं’क्रमित थप सामग्री

असार १७, २०७८ बिहिबार 282

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१९ जनामा को’रोनाभा’इरसको सं’क्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ३१६,

ललितपुरमा ७४ र भक्तपुरमा २९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो। बुधबार काठमाडौंमा ४३६, ललितपुरमा ८९ र भक्तपुरमा ४७ जनामा सं’क्रमण देखिएको थियो।

योसँगै सक्रिय सं’क्रमितको संख्या काठमाडौंमा पाँच हजार ११, ललितपुरमा एक हजार ९४८ र भक्तपुरमा एक हजार ३९५ पुगेको छ। उपत्यका बाहिरका चार जिल्लामा भने सं’क्रमितको

संख्या बढेको छ। झापामा २४८, कास्कीमा १८९, मोरङमा १७६ र सुनसरीमा १२९ जनामा सं’क्रमण देखिएको छ। आज देशभर

दुई हजार ७६०जनामा सं’क्रमण देखिएको छ भने को’रोनाबाट ३३ जनाको मृ’त्यु भएको छ। पछिल्लो २४ घण्टामा चार हजार १७ जना निको भएका छन्।

प्रतिकृया दिनुहोस्