शनिबार , अषोज ९, २०७८

महिलाहरुको जंगल, जहाँ पुरुष जान बर्जित छ

असार १७, २०७८ बिहिबार 246

इन्डोनेशियाको पापुवामा रहेको एउटा जंगलमा पुरुषको प्रवेश बर्जित गरिएको छ।पापुवाको एक सम्प्रदायका महिलाहरु मात्र जान पाउने यो जंगललाई पवित्र जंगल भनेर परिभाषित गर्ने गरिएको छ।

यहाँ पुरुषहरुले प्रवेश गरेमा उनीहरुलाई जरिवाना तिराउने व्यवस्था छ।जयापुरामा अवस्थित उक्त जंगल आदिवासी महिलाहरुको पुस्ताका लागि धेरै विषेश छ, जहाँ यी महिलाहरु सिपी (क्लाम्स) जम्मा गर्न जान्छन् र आफ्ना कथाहरु सार्वजनिक गर्छन्।

यस जंगलमा पुरुषको प्रवेशलाई पूर्णतया निषेध गरिएको छ। यदि कुनै पुरुषले नियम तोड्छ भने उसले १० लाख (नेपाली ८ हजार रुपैयाँ) जरिवाना तिर्नु पर्ने हुन्छ।बिबिसीमा प्रसारित डकुमेन्ट्रीका अनुसार उनीहरुले जरिवानामा रंगीन ढुंगा (रत्न) दिनुपर्ने व्यवस्था रहेको छ।

उक्त डकुमेन्ट्रीमा स्थानीय एड्रियाना मराउजेले भनेकी छन्, ‘यो जहिले पनि महिलाको मात्र जंगल बनेको छ। म जन्मनुभन्दा धेरै अगाडिदेखि यो व्यवस्था अस्तित्वमा थियो। सधैँ उस्तै नियमले चलिरहेको छ।’उनका अनुसार यो जंगलमा प्रवेश गर्दा नग्न हुनुपर्छ, शरीरमा कपडा पहिरिन पाइँदैन।

यदि पुरुषले चिहाएर मात्र हेर्‍यो भने पनि जरिवाना लाग्ने नियम छ र जरिवाना तिर्नु नै पर्छ। उनीहरु उक्त पुरुषलाई जनजातीय अदालत लैजाने गर्छन् महिलाहरु कसरी उक्त जंगलसम्म आइपुग्छन् र सिपी संकलन गर्दै आफ्ना कथा साट्छन् भनेर अर्की स्थानीय आरी रुम्बोइरोशीले व्याख्या गरिन्।

‘हामी कम मात्र महिलाहरु भएको समयमा सबै महिलाहरुसँगै जान्छौ । हामी हाम्रा साथीहरुलाई पनि बोलाउँछौ र जंगलमा डुंगा खियाएर पुग्छौँ।’उनले भनिन्, ‘जब हामी जंगलमा हुन्छौँ, हामी स्वतन्त्र हुन्छौँ। त्यहाँ कोही पनि पुरुष हुँदैनन्।

त्यसैले ढुक्क भएर हामी हाम्रा कथा व्यथा बुढापाकालाई सुनाउन पाउँछौँ। हामी समुन्द्रमा शरीरको छलाङ मारेर सिपी बसेको माटो माटोमा पुग्छौँ।’
समुन्द्रमा अवस्थित यो जंगलमा संकलन गरिएका सिपीलाई महिलाले नजिकैको बजारमा लगेर बेच्ने गरेका छन्।

‘महिलाको जंगल हाम्रो लागि धेरै महत्वपूर्ण छ। हामी यो जंगलबिना बाँच्न सक्दैनौँ।’मराउजेले थपिन्, ‘हामी यहाँ निरन्तर आइरहन्छौँ र सिपी संकलन गरिरहन्छौँ। यहाँ आएर महिलाहरु एकले अर्कोमाथि भरोसा गरिरहेका हुन्छन्। हामी यसलाई रोक्न चाहदैनौँ।’

‘द जकर्ता पोस्ट’ का अनुसार समुन्द्रले घेरेको यो जंगल ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो जंगल जयापुराको पुरानो गाउँ ‘केमपुङ इङ्ग्रोस’ को पूर्वि भेगमा पर्छ।तर पछिल्लो केही वर्षदेखि महिलाहरु बढ्दै गएको जलप्रदूषणको चुनौती खेपिरहेका छन्।

नजिकको शहरबाट समुन्द्रमा फोहोर आएपछि महिलाहरुलाई चिन्ता बढेको छ।‘केमपुङ इङ्ग्रोस’ को नाइके ओरिजिनस मराउजेले हिजोआज सिपी भन्दा धेरै प्लास्टिक पाउने गरेको बताइन्।‘हामी धेरै दुःखी छौँ’ उनले भनिन्, ‘पहिले पहिले हामीलाई झोला सिपीले भर्न

आधा दिन लाग्थ्यो तर अहिले पूरै दिन लागिपर्दा पनि आधा झोला बनाउन मुश्किल पर्छ।’‘हामी जंगलमा हुँदा औधी खुशी हुन्छौँ। हामी हामीले जे मन लागेको छ,

त्यो गर्नलाई स्वतन्त्र महशुस गर्छौँ’ यस्तो समस्या खेपिरहेको भए पनि मारिया मराउजे भन्छिन्, ‘पुरुषहरु जो हाम्रो आवाज सुन्छन्, उनीहरुलाई थाहा हुन्छ, अब उनीहरु जंगलबाट टाढा हुनुपर्छ।’

प्रतिकृया दिनुहोस्