शनिबार , अषोज ९, २०७८

माई सेकेण्ड टिचरद्वारा क्रिकेट टिम र खेलाडीलाई पुरस्कार प्रदान

असार १७, २०७८ बिहिबार 157

१७ असार, काठमाडौँ : राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिमले क्रिकेट टिम र चार खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
गत वैशाखमा भएको टी २० त्रिदेशीय सिरिजको विजेता

नेपाली टिम र चार डेब्युटान्ट खेलाडीलाई माई सेकेण्ड टिचरले बिहीबार एक कार्यक्रमका बीच नगद पुरस्कार हस्तानतरण गरेको हो । प्रोत्साहन र सम्मानस्वरुप नेपाली टिमलाई नगद ५ लाख र डेब्युटान्ट चार खेलाडीलाई

१(१ लाख रुपैयाँको दरले नगद पुरस्कार दिएको हो ।नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । उक्त सिरिजमा डेब्यु गरेका चार खेलाडी कुशल भुर्तेल,

आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीले नगद १(१ लाख प्राप्त गरे ।प्रतियोगिताको फाइनल दौरान घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण ढिला गरी हस्तान्तरण गरिएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा

नेपालले नेदरल्याण्ड्सलाई कीर्तिमानी १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।पुरस्कार ग्रहण कार्यक्रममा टिम कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक

रहने दाबी गरेका थिए ।यसरी सम्मान गर्दा खेलाडीलाई थप प्रेरणा मिल्छ । रिजल्टसंगै यस्तो मोटिभेसनमा युवा खेलाडीहरुलाई झन् प्रेरित गर्छ ।यस्तै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले त्रिकोणात्मक सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्व महसुस भएको बताए ।

प्रतिकृया दिनुहोस्