मंगलबार , साउन १२, २०७८

एमबाप्पेको यात्रा कता?

असार १७, २०७८ बिहिबार 182

एजेन्सी – केलियन एमबाप्पेले युरो २०२० अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध प्रि क्वार्टरफाइनलमा पेनाल्टी सुट आउटमा पाँचौं पेनाल्टी चुकाएको चर्चा अझै सेलाएको छैन । उनले पेनाल्टीमा गोल गर्न नसकेपछि दाबेदारमध्येका एकका रुपमा हेरिएको विश्व

कप विजेता फ्रान्स क्वार्टरफाइनल पुग्न असफल रह्यो । अब भने एमबाप्पलेको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा भविष्यका बारेमा चर्चा सुरु भएको छ ।
रियल म्याड्रिडले पिएसजीमा २२ वर्षे युवा स्टारको अवस्था के हुने भन्ने विषयलाई नजिकबाट नियालीरहेको बताइन्छ ।

पिएसजीसँगको उनको सम्झौता अर्को वर्ष सकिदैछ । तर अब अहिले उनी महत्वपूर्ण पेनाल्टी चुकाएका कारण युरो कपबाट बाहिरिएको पीडालाई भुलाउन केहि दिन छुट्टी मनाउन जानेछन् ।एमबाप्पेले यो वर्ष कि त

अर्को क्लब जानु पर्ने हुन्छ वा फ्रि एजेन्टका लागि अर्को वर्ष सम्म कुर्नुपर्नेछ । युरो कै दौरानको अन्तवार्तामा एमबाप्पले फरक अनुभवका लागि नयाँ क्लबमा जान इच्छुक रहेको पनि बताएका थिए ।एमबाप्पेले अब पिएसजीका अध्यक्ष नासिर अल

खलिफा र स्पोर्टिङ डाइरेक्टर लियोनार्दोसँग आफ्नो भविष्यका विषयमा कुराकानी गर्नुपर्नेछ । उनले क्लबको तर्फबाट गरिएको प्रयासलाई यसअघि सुनेका छैनन् । क्लबले पनि एमबाप्पेसँगको सम्झौता नविकरणका विषयमा मात्रै सोच्दै आएको छ ।

खलिफाले यदि कोहि पिएजसीमा बस्न चाहदैन भने उसका लागि टोलीमा ठाँउ नरहेको बताउँदै आएका छन् । तर अब खलिफाले एमबाप्पलेलाई उनका लागि पिएसजी नै उत्कृष्ट क्लब हो भने सम्झाउनुपर्ने हुन्छ ।

यो सिजन केहि खेलाडीको आगमनले एमबाप्पेले पनि विकल्पका बारेमा सोचेका हुन सक्छन् । त्यस्तै क्लबले उनलाई पारिश्रमिक बढाउने विषयमा पनि प्रस्ताव गर्नुपर्ने हुन सक्छ । उनी पिएसजीमै रहन सक्ने एउटा बलियो कारण भनेको लियोनार्दोसँगको सम्बन्ध हुनेछ ।

उनीसँग एमबाप्पेका विषयमा फरक खालको धारणा रहेको बताइन्छ । खलिफाको पनि एमबाप्पे र उनको परिवारसँगको सम्बन्ध राम्रो छ ।रियलले भने पिएसजीका घटनाक्रमलाई चासोका साथ हेरिरहेको छ ।

एमबाप्पेले लिने निर्णयले मात्र रियल अनुबन्धको विषयमा प्रवेश गर्न सक्दछ । फ्रान्सको युरो यात्रामा फरवार्ड करीम बेन्जेमा र एमबाप्पेको सुमधुर सम्बन्धका कारण पनि रियललाई केहि सकारात्मक संकेत मिलेको छ ।

प्रतिकृया दिनुहोस्