मंगलबार , साउन १२, २०७८

इस्लामावादस्थित भारतीय उच्च आयुक्तको कार्यालय कम्पाउन्डमा देखियो ड्रोन, भारतले जनायो आपत्ति

असार १८, २०७८ शुक्रबार 87

पाकिस्तानको इस्लामावादस्थित भारतीय उच्च आयुक्तको कार्यालयको कम्पाउण्डमा ड्रोन देखिएको छ।

शुक्रबार कम्पाउण्डमाथि ड्रोन देखिएपछि सुरक्षाको उल्लंघन गरेको भन्दै भारतले कडा आपत्ति जनाएको एनडिटिभीले जनाएको छ।

गत आइतबार भारतको जम्मु-कास्मिरस्थित भारतीय वायु सेना बेस क्याम्पमा ड्रोन आक्रमण भएको थियो। त्यसको केही दिनपछि नै भारतीय

उच्च आयुक्तको कार्यालयमा पनि ड्रोन देखिएपछि भारत सशंकित भएको हो। भारतीय वायु सेनाको बेस क्याम्पमा भएको आक्रमणमा पाकिस्तानको

हात हुन सक्ने भारतीय अधिकारीहरूको आशंका छ। भारतीय उच्च आयुक्तको कार्यालय परिसरमाभएको सुरक्षाको उल्लंघनले भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिगार्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्