काठमाडौं– शरीरलाई स्वस्थ राख्नका लागि हामीले विभिन्न प्रकारका स्वस्थकर खानेकुराहरु खानु पर्छ । यद्यपि, केही स्वस्थकर खानेकुराहरु समेत हाम्रो
शरीरका लागि गम्भीर एलर्जीको कारण बन्न सक्छन् भन्ने कुरा भने शायद कमै व्यक्तिलाई थाहा होला । यस प्रकारको एलर्जी छालाले श्वास नली र हृदय प्रणालीलाई प्रभावित
गर्न सक्छ र गम्भीर समस्याको सामना गर्न पर्ने हुन सक्छ । आयुर्वेदिक विशेषज्ञका अनुसार कुनै खानेकुरा खाँदा अथवा पिउँदा हाम्रो प्रतिरोधक क्षमताले असामान्य प्रतिक्रिया
दिन थाल्यो भने हामीलाई एलर्जी हुन थाल्छ । यो एलर्जीले छालादेखि भित्रि अंगहरुमा समेत प्रभावित गर्न सक्छ । ती त्यस्ता केही खानाहरु हुन्, जुन एलर्जीको कारण बन्न सक्छ ।
दूध
दूधलाई धेरै स्वास्थवर्धक पेय मानिन्छ तर गाईको दुधमा ह्वे र कसिन जस्ता प्रोटी तत्व एलर्जीको कारण बन्न सक्छ । यसबाहेक सामान्य दूधबाट पनि लेक्टोल इन्टलरेन्सको समस्या हुन सक्छ ।
अण्डा
अण्डाबाट हुने फूड एलर्जी सबैभन्दा धेरै बालबालिकामा हुन्छ । यो एलर्जी अण्डाको पहेँलो अथवा सेतो भागमा हुने प्रोटिनका कारण हुन सक्छ । केही मानिसलाई अण्डाको पहेलो भागले एलर्जी हुन्छ भने कसैलाई सेतो भागले । यसका साथै कसैलाई अण्डाको पुरै भागले एलर्जी हुन सक्छ ।
बदाम
जुन बालबालिकालाई बदामले एलर्जी हुन्छ, उनीहरुले जिन्दगी भरिनै एलर्जीको सामना गर्न पर्ने हुन सक्छ । यसका पीडितलाई सास लिन पनि समस्या हुन सक्छ ।
माछा
माछा र अन्य समुद्रबाट भोजनबाट प्राय मानिसलाई एलर्जीको समस्या हुन सक्छ । यो एलर्जी एउटा माछादेखि दोस्रो माछासम्ममा हुनसक्छ ।
काजू र ओखर
केही मानिसलाई काजू र ओखरबाट पनि फूड एलर्जी हुन सक्छ । जुन मानिसलाई यस्तो एलर्जी हुन्छ, उनीहरुलाई सधैँ यसको खतरा बनिरहन्छ ।
फूड एलर्जीको लक्षण
आयुर्वेदिक विशेषज्ञका अनुसार जब कुनै व्यक्तिलाई फूड एलर्जी हुन्छ, तब उनीहरुमा निम्न लक्षण देखिन्छ:
हाक्छ्यूँ आउनु
नाकबाट पानी बग्नु
आँखाबाट पानी बग्नु
आँखा पोल्नु
सुनिनु
छालामा दाग देखिनु
पेट दुख्नु–फुल्नु
पखाला लाग्नु
सास फेर्न गाह्रो हुनु
ओठ,जिब्रो अथवा घाँटि सुनिनु
रिंगटा लाग्नु
बान्ता आउनु आदि ।
प्रतिकृया दिनुहोस्