शनिबार , अषोज ९, २०७८

ढलमा पानी निकास नभएर जनकपुरधाम जलमग्न

असार १९, २०७८ शनिबार 165

धनुषा : अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको

ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।ढलमा पानी निकास अ’वरूद्ध हुँदा भानु, कदम ,

रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालयलगायत कार्यालयहरू पनि डुबानमा परेका छन् ।

प्रतिकृया दिनुहोस्