बिहिबार , माघ १३, २०७८

बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु, संगठनात्मक विषयमै केन्द्रित रहने

असार १९, २०७८ शनिबार 244

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । शनिबार (आज) बैठकको दोस्रो दिन महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्नुभएको छ ।

आजको बैठक विशेषगरी संगठनात्मक विषयमै केन्द्रित रहने बताइएको छ । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता

नविकरण लगायतका विषय समेटिएका छन् ।राजनीतिक विषयमा भने शुक्रबारनै छलफल र निर्णय भइसकेको छ ।

त्यस्तै, बरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग एकताको अन्तिम प्रयास भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्