शनिबार , अषोज ९, २०७८

अविरल वर्षाका कारण डुबानको चपेटामा रौतहट

असार २०, २०७८ आइतबार 286

रौतहट । अविरल वर्षका कारण रौतहटका विभिन्न स्थानहरु डुबानमा परेका छन् । जिल्लाका दर्जनौ स्थानीय तहहरुमा ४÷५ फिटसम्म पानी पसेको छ भने स्थानीयको घरहरुमा पानी पस्न सुरु गरेको छ ।

रौतहटको सदरमुकाम गौर र दूर्गा भगवती गाउँपालिकातर्फ स्थानीय बकैया तथा झाँझ खोलाको पानी पसेको छ । नदीको पानी पसेपछि सो स्थानहरु डुबानमा परेका छन् । उक्त पालिकाहरुमा दिउँसोदेखि पानी पस्न सुरु गरेको हो ।

दूर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहका अनुसार साँझसम्म बागमती नदीको बहाब कम भएता पनि झाँझ र बकैया नहर काटेर बस्तीमा गएपछि डुबानमा परेको छ । डुबानका कारण सो गाउँपालिकाको वडा नम्बर ४ र ५ मा दर्जनौं घरपरिवार प्रभावित भएका छन् ।

उनीहरु घर छाडेर बाँध माथि बसिरहेका छन् । गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताका अनुसार बकैया नदी र झाँझ नदी सवगढा हुँदै गौर नगरपालिकामा प्रवेश गरेको हो ।

उनका अनुसार नदीको पानी पसेपछि गौर नगरपालिकाका विभिन्न स्थानहरुमा पानीको सतह बढेपनि हाल वर्षात रोकिएकाले बकैया नदीको सतह घटेकाले राति थप पानी नपरे त्यति ठूलो प्रभाव हुनेछैन ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिका–१ वन्जरहा गाउँमा लाल बकैया नदीको पानी करीब ४ फिटसम्म पसेको छ । डुबानकै कारण करिब ३० घर परिवार विस्थापित भइ आफन्त र छिमेकीहरुको घरमा बसिरहेका छन् ।

स्थानीय आलोक सोनीका अनुसार सो क्षेत्र आसपासमा तीब्र गतिमा पानीको वहाव बढिरहेका कारण कुनैपनि बेला पूरै गाउँनै डुबानमा पर्ने खतरा बढेको छ । त्यस्तै पानी ओभरफ्लो भएर विरेन्द्र राजमार्गको सवगढा र

हुलाकी राजमार्गमा विभिन्न स्थानहरुमा यातायात अवरोध भएको छ ।बाढीले गढिमाइ नगरपालिका–६ को सिगार्वनको पूल र स्परमा क्षति पु¥याएको छ भनेहुलाकी राजमार्गको विभिन्न स्थानहरुमा पनि बाढी र डुबानले नोक्सान पु¥याएको

यता गढीमाई नगरपालिका–६ बागमती पुल पारि अविरल बर्षाको कारणले बागमती बाँधको जाली तल खसेर १५ फिट लम्बाई, ३ फिट चौडाई क्षति भएको छ ।त्यस्तै, पुलको पूर्वपट्टी ढुंगा,

तार जालीले बनाएको २ वटा ठोकर नष्ट भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नदीहरुले जिल्लाका विभिन्न स्थानहरुको बाँधमा क्षति पु¥याएकोमा सुरक्षाकर्मीको मद्दतले उक्त बाँधहरु मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस्