शनिबार , अषोज ९, २०७८

नयाँ पार्टी खोल्नु मेरो रहर होइन, बाध्यता हो : माधव नेपाल

असार २०, २०७८ आइतबार 178

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन् । शनिबार आफूनिकत सांसदहरूलाई बोलाएर नयाँ पार्टी गठनको विषयमा कुराकानी गर्दै नयाँ पार्टी खोल्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका हुन्।

उनको भनाइ उद्धृत गर्दै समाचार स्रोले भन्यो, ‘एमालेमै रहने कसलाई हाम्रो चाहना थिएन तर अर्को पार्टी खोल्ने बाध्यता आएको छ । अब, हामी यसतर्फ अघि नबढी भएको छैन ।’

स्रोतका अनुसार नयाँ पार्टीमा सबैलाई समेटेर अघि लगिनेछ । यसअघि नै उनीनिकट जीवन राईको अध्यक्षतामा नयाँ पार्टी दर्ता भइसकेको छ । बैठकमा यसबारे विस्तृत छलफल भने नभएको स्रोत बताउछ ।

बैठकमा नेत्रविक्रम चन्द, मोहनविक्रम, नारायणमान बिजुक्छेलगायत सबै कम्युनिस्ट नेतालाई नयाँ पार्टीमा समावेश गरेर लैजाने नेपालको भनाइ रहेको स्रोत बताउछ ।

साथै, सर्वोच्च अदालतमा दायर रिटमा एमालेकातर्फबाट २३ जना सांसदले विपक्षसँग मिलेर गरेको हस्ताक्षर कुनै पनि अवस्थामा फिर्ता नहुने पनि उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्