बिहिबार , माघ १३, २०७८

झन्डै ५५ लाख पर्ने होन्डा ‘गोल्ड विङ्ग टुर’, केके छन् विशेषता

असार २१, २०७८ सोमबार 395

होन्डा इन्डियाले गत महिना दुई पाङ्ग्रेमा ‘गोल्ड विङ्ग टुर’ सार्वजनिक गर्यो। कम्पनीले यो बाइकको सुरुवाती मूल्य नै भारु ३७ लाख २० हजार तोकेको

थियो। अर्थात् नेपाली मूल्य झन्डै ५५ लाख तोकेको थियो। सामान्यभन्दा निकै महंगो यो बाइकको बिक्रीसँगै सवारी साधनको विशेषताअघि मूल्य केही होइन भन्ने प्रमाणित भएको छ। ‘गोल्ड विङ टुर’

टुरिङ बाइक हो। यसमा भएका विशेषताहरू निकै भिन्न र अग्रिम छन्। जसले चालकलाई टुरक्रम निकै सहज हुन्छ। कम्पनीले यो बाइकको पहिलो लटको बुकिङ खोलेको २४ घण्टा मै बुकिङ भएर

स्टक सकेको यसका बिक्री तथा मार्केटिङका निर्देशक यादविन्दर सिंह गुलेरियाले बताएका छन्। ‘गोल्ड विङ्ग टुरको बुकिङ सार्वजनिक गरेको २४ घण्टा मैं पहिलो स्टक सकेको घोषणा गर्न पाउँदा हामी

गर्व गर्छौं’, उनले भने। गोल्ड विङ टुर दुई भेरियन्टमा उपलब्ध छ। एयरब्याग सहितको डुअल क्लच ट्रान्समिसन (डिसिटी) र म्यानुअल ट्रान्समिसन। यी बाइकहरू जापानमा बनेको सिबियू

(कम्प्लिट्ली ब्लुल्ट-अप) मोडलसकहित तयार भएका हुन्। गोल्ड विङ टुरमा १८ सय ३३ सिसीको लिक्विड कुल्ड चार स्ट्रोक, २४ भल्भ एसओएचसी फ्लयाट-६ इन्जिन जडान गरिएको छ। जसले

५ हजार ५ सय आरपिएममा ९३ किलोवाटको पावर र ४ हजार ५ सय आरपिएममा १ सय ७० एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन थ्रोटल बाई वायर (टिबिडब्ल्यू) मा आधारित छ। जसको चार

राइडिङ मोडहरू छन्ः टुर, स्पोर्ट, इकन र रेन। बाइकमा डुअल कम्बाइन्ड ब्रेकिङ सिस्टम छ। यात्राक्रम चालकलाई सहज र आरामदायी बनाउन कम्पनीले यो बाइकमा विभिन्न विशेषताहरू समावेश गरेको छ। यसमा ७ इन्चको टिएफटी

लिक्विड डिस्प्ले छ। जसको ब्राइटनेस लेभल ८ सम्म पुग्छ। यो भनेको चर्को घाम लागेको दिनमा समेत सजिलै डिस्प्लेमा देख्न सकिन्छ। त्यस्तै होन्डा गोल्ड विङ्ग टुरमा स्मार्ट की, एप्पल कारप्ले, एनरोइड अटो, अपग्रेड अडिओ र स्पिकर सिस्टमलगायतका विशेषताहरू छन्।

प्रतिकृया दिनुहोस्