मंगलबार , साउन १२, २०७८

काठमाडौं उपत्यकामै कम्युन घर निर्माण गर्दै ‘विप्लव’

असार २१, २०७८ सोमबार 224

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ ।

गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो ।

ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ ।

कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ । यो खबर आजको साँधु साप्ताहिकमा छ ।

प्रतिकृया दिनुहोस्