शनिबार , अषोज ९, २०७८

मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीको अन्त्य भए पनि जारी निषेधाज्ञामा के के गर्न पाइन्छ ?

असार २१, २०७८ सोमबार 103

काठमाडौं । असार २२ मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीको अन्त्य भए पनि ३१ असारसम्म निषेधज्ञा जारी गरिएको छ ।

वैशाख १६ देखि जारी निषेधाज्ञा निजी तथा सार्वजनिक सवारीको को हकमा लगाइएको जोरबिजोर प्रणाली भने हटाइएको छ । आइतबार

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बीच बसेको बैठकले जोरबिजोर प्रणालीको अन्त्य गरेपनि

विद्यालय सञ्चालन, सभा जुलुस, भीडभाड गर्न नपाउने नियम भने यथावतै नै राखेको छ । यसैगरी २५ जनाको उपस्थितिमा परीक्षा सञ्चालन गर्न

पाउने व्यवस्था मिलाइएको छ । अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइने छ भने यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति

भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने

भनिएको छ। यसैगरी निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ।

प्रतिकृया दिनुहोस्