सोमबार , माघ १०, २०७८

समुदायस्तरमै फैलिन थाल्यो को’रोना संक्र’मण ।

साउन २८, २०७८ बिहिबार 253

काठमाडौं : कोरो’ना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका माप’दण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्ष’णदर हेर्दा संक्र’मित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर को’रोना संक्र’मणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्र’मित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्र’मित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको को’रोना परी’क्षण गर्दा एक जनामा संक्र’मण देखिने गरेको बताए । उनले भने, “संक्र’मणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ” ।

संक्र’मितको संख्या घटाउन माप’दण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन । निषेधा’ज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्र’मणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षे’पण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्र’मित थपिने प्रक्षे’पण गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्