बिहिबार , जेठ १२, २०७९

अब अङ्ग्रेजी नयाँ वर्षदेखि विद्यु’तीय राहदानी प्रचलनमा आउने ।

साउन २८, २०७८ बिहिबार 306

काठमाडौँ : आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्यु’तीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्यु’तीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परी’क्षणको तयारी भइरहेको

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ । आउँदो अक्टोबरको अन्तिम सातादेखि तीन महिनाको परी’क्षणकाल योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो । परी’क्षणकाल सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि विद्यु’तीय राहदानी प्रचलनमा ल्याउने तयारी छ ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीसँग सम्झौता गरेर विद्यु’तीय राहदानी उत्पादनको कामलाई ती’व्रता दिइएको विभागका अर्यालले जानकारी दिनुभयो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्यु’तीय राहदानी निर्माणका लागि भएको थियो ।

उहाँका अनुसार पहिलो चरणमा २० लाख थान विद्यु’तीय राहदानी छापिनेछ । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिइसकेकाले पनि अब छपाइ हुने औपचारिकतामात्र बाँकी रहेको छ । जसको प्रिन्ट भने नेपालमै गर्ने गरी आवश्यक प्रावि’धिक तयारी भइरहेको छ । याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्