शनिबार , अषोज ९, २०७८

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – टोपबहादुर रायमाझी

साउन २८, २०७८ बिहिबार 935

काठमाडाैँ : नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् । अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लो’डसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि ३ महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, वि’द्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ ।

९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए । ‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो ।

त्यस पछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो ।
अहिले पुनः उहाँलाई वि’द्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् ।

उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो ।उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने । शर्माले कुलमान घिसिङलाई वि’द्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए ।घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो ।

प्रतिकृया दिनुहोस्