सोमबार , माघ १०, २०७८

आज नेप्से १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुग्यो ।

साउन २८, २०७८ बिहिबार 183

काठमाडौं : आज आइतबार पनि शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । नेप्से यो हप्ताभरि नै वृद्धि भएको छ । नेप्से आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर नौ अङ्कले, विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले र उत्पादनको ९९ अंकले बढेको छ ।यस्तै जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले वृद्धि भएको छ । तर जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शेयर दश प्रतिशतले बढ्नेमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैक, शाइन रेसुङ्गा विकास बैंक, युनियन लाइफ, जीवन विकास लघुवित्त, रुरु जलविद्युत् र माउन्टेन इनर्जी कम्पनी छन् ।शेयर झन्डै चार प्रतिशतले घट्नेहरुमा पाँचथर पावर कम्पनी, ओरियन्टल होटल लगायतका छन्।

प्रतिकृया दिनुहोस्