बिहिबार , माघ ६, २०७८

सौराहामा मनाइयो १०औं अन्तर्राष्ट्रिय हात्ती दिवस, को’रोनाका कारण हात्ती ब्यवसाय छोड्नेको संख्या बढ्दो ।

साउन २८, २०७८ बिहिबार 201

काठमाडौं : आज (विहीबार) सौराहामा १०औं अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको छ । को’रोना मह’मारीका कारण थलिएको देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहा र त्यसको विशेषताको रुपमा रहेको हात्ती सफारी दुवै चल्न नसकिरहेको अवस्थामा पनि हात्तीलाई खाना खुवाउने कार्यक्रमको

आयोजना गरी १०औं अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको हो ।सो कार्यक्रमको आयोजना युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि.ले गरेको थियो, भने सह–आयोजना कुमरोज मध्यवर्ती सामुदायिक वनले गरेको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि.का अध्यक्ष ऋषि तिवारीले कोराना महामारी सुरु हुनुभन्दा अघि सौराहामा करिब ७० वटा हात्ती रहेकोमा अहिले सो घटेर करिब ४८ को हाराहारीमा पुगेको बताए । यसो हुनुमा हात्ती पालनमा आउने दैनिक खर्चनै मुख्य कारक रहेको तिवारीको भनाइ छ ।

उनले करिब १५ वटा हात्ती पालन गर्ने ब्यवसायी को’रानाका कारण विस्थापितनै भएको र केहीले भाडामा ल्याएको हात्ती फिर्ता गरेको र केहीले बेचेका कारण हात्तीको संख्यामा कमी आएको बताए । करिब एक करोडदेखि डेढ करोडसम्म पर्ने हात्तीलाई पाल्न त्यति सहज नभएको बताउदै तिवारीले पहिलेको तुलनामा दुई महिनादेखि सौराहामा हात्ती पालन गर्न केही सहज भएको भएपनि अहिले हात्ती ब्यवसायीको संख्या भने निकै घटेको बताए ।

जसको मुख्य कारण हात्तीलाई चाहिने चरिचरणको समस्या प्रमुख रहेको उनले बताए । त्यसोत, अहिले निकुञ्ज प्रशासन, मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज उपभोक्ता समिति तथा विभिन्न संघ संस्था तथा निकायको पहलमा बल्ल सामुदायिक वनमा हात्ती चराउने सुविधा उपलब्ध भएकाले अहिले पहिलेको जस्तो गाह्रो अवस्था नभएको तिवारीको भनाइ छ ।
तिवारीले अब भने हात्तीको बीमा र भेटनरी डाक्टर पनि ब्यवसायीलाई उपलब्ध हुने हो भने यस महामारीमा हात्ती जोगाउन सहज हुने बताए ।

कार्यक्रममा उपपस्थित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख शं’रक्षण अधिकृत अणनाथ बरालले हात्ती पर्यटनसँग जोडिने विषय भएकाले र चितवनको सौराहा र पश्चिम भागमा पनि ब्यवसायिक रुपमा निजी हात्तीहरु रहेकाले यसलाई जोगाउन निकुञ्ज प्रशासन गम्भीर रहेको बताए ।

चितवनमा निजी हात्तीहरु नहुने हो भने निकुञ्ज, पर्यटन सबैमा नकारात्म असर पर्ने बरालको भनाइ छ । बरालले चितवन आउने पर्यटको उद्देश्य भनेको हात्ती सफारी पनि रहेकाले यसको संरक्षणको लागि आफूहरु सँधै सकारात्मक र गम्भीर रहेको बताए ।

उनले चितवनबाट हात्ती पलाएन हुनु हुदैन र हात्तीले स्वस्थ र स्वच्छ खाना खानुपर्छ भन्ने मान्यता निकुञ्ज प्रशासनको पनि रहेको बताउदै कानुनी, प्राविधिक तथा सामाजिक सबै कुरालाई मध्यनजर गर्दै आफूहरु अगाडि बढ्ने बताए ।

विश्वमा वन्यजन्तु सम्बन्धी कानूनले घरपालुवा हात्तीलाई निश्चित मापदण्ड पूरा गरी ओसार पसार गर्न पाइने बताउदै बरालले हात्ती वन्यजन्तु रहेकाले त्यसलाई जोगाउन निकुञ्ज गम्भीर रहेको बताए ।

बरालले सामुदायिक वन, जनता र सरकारबीचको सहमति अनुसार चल्ने भएकाले निकुञ्जसँग जोडिएका कुमरोज सामुदायिक वन, बाघमारा सामुदायिक वनमा दाउराको अवस्था बाहेक अरु कुरामा सहजीकरण गरिरहेको बताए ।

उनले को’रोनाका म’हामारीका कारण निकुञ्जको आम्दानी घटेको बताउदै अबको ध्यान भनेको पर्यटन ब्यवसायलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ ? भन्नेतर्फ रहनु पर्ने बताए । सो कार्यक्रममा सौराहामा रहेका पर्यटन ब्यवसायी तथा हात्तीसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्