सोमबार , माघ १०, २०७८

को’रोना खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइदिएको खुलासा ।

साउन २९, २०७८ शुक्रबार 685

काठमाडौं : जर्मनीमा को’रोना भा’इरस (को’भिड–१९)विरुद्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ । बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले को’रोना विरुद्धको खोपको साटो नुनपानी लगाइदिएकी हुन् ।

उक्त घ’टना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आ’रोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् । तर, प्रहरीकाे अनुसन्धानले ८ हजारभन्दा बढीलाई को’रोना वि’रुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ ।

फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीको ठहर छ । को’रोना विरुद्धको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन् ।

उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ । तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । यस घ’टनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ ।

अहिलेसम्म यस घ’टनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि तयार भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्