शनिबार , अषोज ९, २०७८

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा ।

साउन २९, २०७८ शुक्रबार 132

काठमाडौं : चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई को’रोना भा’इरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ ।एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर

खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता ‘मी फेङले’ एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस को’रोना भा’इरसको म’हामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । म’हामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ ।

प्रतिकृया दिनुहोस्