बिहिबार , माघ ६, २०७८

मुलुकभर थप ३९१५ जनामा को’रोना पुष्टि, २७ जनाको मृ’त्यु !

साउन २९, २०७८ शुक्रबार 227

काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको आरटी–पीसीआर विधिबाट प’रीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट प’रीक्षण गर्दा १ हजार १५२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस सं’क्रमितको कुल संख्या ८ लाख ०२ हजार ५६६ पुगेको छ ।पछिल्लो २४ घण्टामा २११८ जना को’रोनामुक्त भए, २७ को मृत्यु

को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ११८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ५८२ जनाको पीसीआर–एन्टिजेन प’रीक्षण हुँदा हालसम्म कुल ४१ लाख २७ हजार ७४६ जनाको पीसीआर–एन्टिजेन प’रीक्षण भएको छ ।यसै गरी पछिल्लो २४ घण्टामा थप २७ सं’क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सं’क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्