शनिबार , अषोज ९, २०७८

इलाममा थप ५१ जनामा को’रोना पुष्टि, २ सं’क्रमितको मृ’त्यु !

साउन २९, २०७८ शुक्रबार 148

काठमाडौं : इलाममा आज थप ५१ जना नयाँ को’रोना सं’क्रमित थपिएका छन् । आज थपिएका ५१ संगै इलाममा को’रोना सं’क्रमितको संख्या ४ हजार २ सय ६१ पुगेको छ ।

आज सं’क्रमित हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला र १५ पुरुष, माङसेवुङ गाउँपालिकमा ३ महिला र ६ पुरुष, माइ नगरपालिकामा ४ महिला र २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र ३ पुरुष रहेका छन् ।

त्यस्तै, देउमाई नगरपालिकामा २ महिला र २ पुरुष, सूर्योदय नगरपालिकमा ३ पुरुष र सन्दकपुर गाउँपालिकामा १ महिला रहेका छन् ।

थप २ जनाको मृ’त्यु

इलाममा को’रोना सं’क्रमणको कारण थप दुई जनाको मृ’त्यु भएको छ । इलाममा को’रोना सं’क्रमणको कारण ९१ जनाको मृ’त्यु भइसकेको छ । इलाममा अहिले ८९२ जना सक्रिय सं’क्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्