सोमबार , माघ १०, २०७८

मौसमविदहरुको आग्रह :– ‘नदीनाला बढ्न सक्छ सचेत रहनु’

साउन ३०, २०७८ शनिबार 336

काठमाडौं : शनिबार मुलुकका केही भागमा सामान्य देखि पूर्ण बदली रही भारी देखि मध्य वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भागमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मुलुकका धेरैजसो स्थानमा सामान्य देखि पूर्ण बदली रहने र मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जो’खिम हुने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले स’तर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्