बिहिबार , जेठ १२, २०७९

नेपाल बन्यो सार्ककै सबैभन्दा उच्च स’ङ्क्रमण दर भएको मुलुक ।

साउन ३०, २०७८ शनिबार 202

काठमाडौं : सिमाना जोडिएको छिमेकी मुलुक भारतमा को-भि’ड–१९ को स’ङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय स’ङ्क्रमणको दर बढ्दो रहेको छ । अझ को-भि’डका कारण मृ’त्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।

को’रोना भा’इरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा स’ङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै स’ङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय को-भि’ड विवरणमा छिमेकी मुलुक भारतमा को-भि’डको मृ’त्युदर १.३ प्रतिशत र सक्रिय स’ङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ ।

सो अवधिमा नेपालको मृ’त्युदर १.४ र स’ङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको स’ङ्क्रमण र मृ’त्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ ।

नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र स’ङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृ’त्युदर १.४ नै रहे पनि स’ङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

अगस्त ७ मा अफगानिस्तानको मृ’त्युदर ४.६ र सक्रिय स’ङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृ’त्युदर १.७ र सक्रिय स’ङ्क्रमण दर ११.१, भुटान मृ’त्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृ’त्युदर शून्य र सक्रिय स’ङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृ’त्युदर २.२ र सक्रिय स’ङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृ’त्युदर १.५ र सक्रिय स’ङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।

प्रतिकृया दिनुहोस्