काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर र घर न घाटको अवस्थामा बस्न नपराेस् भनेर सं’घर्ष गर्नुपरेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अपमान सहनुपर्ने अवस्थाको अन्त्यका लागि पार्टीमा सं’घर्ष गरिरहेको जिकिर गर्नुभयो । उहाँले अन्तिम समयसम्म सहजताको बाटो खोज्ने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले वामदेव गौतमाले भोग्नुभएको जस्तो अपमानको अन्त्य गर्न चाहन्छौँ । हो त्यस्तै अवस्था नहाेस् भनेरै हामीले पार्टीमा सं’घर्ष गरिरहेका हौँ।’
उहाँले आफूहरु जनताको समस्याबाट टाढा नभागेको पनि दावी गर्नुभएको छ । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कम्युनिष्टको घो’षणापत्रलाई आत्मसात् नगर्नेले कम्युनिष्ट हुँ भनेर अर्थ नहुने बताउनुभयो । कम्युनिष्टहरुप्रति युवाहरुको वि’तृष्णा बढेको भन्दै उहाँले जनतासामु राम्रो काम गरे त्यो अवस्थालाई रोक्न सकिने बताउनुभयाे ।
प्रतिकृया दिनुहोस्