सोमबार , माघ १०, २०७८

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घो’षणा गरेको दुई सातापछि पारसले भेटे प्रधानमन्त्री देउवा ।

साउन ३०, २०७८ शनिबार 113

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घो’षणा गरेको दुई सातापछि पारसले शनिबार (आज) प्रधानमन्त्री देउवासँग भेटे गरेका हुन् ।

पारस खड्काले प्रधानमन्त्री देउवासँग क्रिकेट विकासको बारेमा छलफल भएको जानकारी गराएका छन् । पारसले ट्वीट गर्दै प्रधानमन्त्री देउवाले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको जनाएका छन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले ट्वीट गर्दै दुई दशकमा नेपाली क्रिकेटले हाँसिल गरेको सफलता नभुल्ने बताउँदै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् ।

साथै, प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन् । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले ‘क्रिकेट किन छाड्नुभयो ?’ भनेर फोन सम्वादकै प्रश्न दोहोर्एका थिए, भने खड्काले व्यक्तिगत निर्णय भएको बताएका थिए ।

त्यस्तै, ‘अब के गर्नु हुन्छ ?’ भन्ने देउवाको अर्को प्रश्नमा पारसले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएपनि क्रिकेटबाट टाढा नहुने बताएका बताइएको छ । ३४ वर्षीय अलराउण्डर पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्