सोमबार , माघ १०, २०७८

बैंकको कर्जा हिनामिना गरेर फरार रहेका युवकलाई पोर्चुगलबाट पक्राउ गरि नेपाल ल्याइयो

साउन ३०, २०७८ शनिबार 247

काठमाडौं : नक्कली कागजजात बनाएर ऋण लिई फरार रहेका काभ्रेका एक युवकलाई पोर्चुगलमा प’क्राउ गरि नेपाल ल्याइएको छ ।

काभ्रे जिल्ला भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगल प्रहरीको सहायतामा प’क्राउ गरि नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

उनिबिरुद्ध २०७५ मंसिर २१ मा देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ कर्जा हिनामिना गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

त्यसपछि जिल्ला अदालत ललितपुरले उनिसहित १२ जनालाई नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर अभियोगमा दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको फै’सला सुनाएको थियो ।

अन्य संलग्नहरु प’क्राउ परेपनि उनी भने फरार रहेका थिए । प्रहरीको अनुशनधान र खोजका क्रममा उनलाई प्रहरीले नेपालभित्रै नभएको शंका गरेको थियो । त्यसपछि प्रहरीले गत बैशाखमा इन्टरपोलमा नोटिस जारी गरेको थियो ।

पछिल्लो समय यूएईबाट पोर्चुगल पुगेका ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको सूचना पाएपछि नेपाल प्रहरीले त्यहाँको प्रहरीसँग समोन्वय गरेर प’क्राउ गरिएको बताएको छ । प’क्राउ परेका ढुंगानामाथि आवश्यक का’रवाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्