सोमबार , माघ १०, २०७८

इंग्लिस प्रिमियर लिग : चेल्सीको सुखद सुरुवात ।

साउन ३१, २०७८ आइतबार 131

काठमाडौं : युरोपेली च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार वि’जयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले प’राजित गर्दै

नयाँ सिजनमा सानदार वि’जयी सुरुवात गरेको हो । चेल्सीलाई सानदार जित दिलाउनको लागि मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चलोवाहले एक एक गोल गरे । खेलको २७औं मिनेटमा मार्कोस अलन्सोले फ्रिकिकमा सुन्दर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

टेरिक मिट्चेलले मासन माउन्टलाई फल गरेपछि चेल्सीले फ्रिकिक पाएको थियो । ४०औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा ट्रेभो चलाबोहले गोल गरेपछि चेल्सीले ३–० को जित निकाल्यो । जितसँगै चेल्सीले तीन अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्