शनिबार , अषोज ९, २०७८

श्रमिकको सामाजिक सु’रक्षा लागू गर्न माग गर्दै श्रमिक युनियनद्वारा विरोध प्रदर्शन ।

साउन ३१, २०७८ आइतबार 82

काठमाडौं : श्रमिकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग राख्दै नेपाल ट्रेकिङ–ट्राभल्स–-याफ्टिङ–एयरलाइन्स सांस्कृतिक–पुरातात्विक–कार्गो कुरियर श्रमिक युनियनले बिरोध प्रदर्शन गरेको छ ।

आफूहरुले पटक–पटक सुरक्षा ऐन लागू गर्न माग गरेपनि पूरा नभएको भन्दै युनियनले बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण अन्तर्गतको सिभिल इन्जिनियरिङ शाखा परिसरमा विरोध प्रदर्शन गरेको हो ।

त्यस्तै उनीहरुले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरेको अ’रोप पनि लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले सामाजिक सु’रक्षा लागू गर, ठेकेदारी प्रथा अन्त्य गर लगाएका नारा लगाएका थिए ।

युनियनका अध्यक्ष सुमन पराजुलीले सरकारले घो’षणा गरेको सामाजिक सु|रक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्ने र सामाजिक सु’रक्षा ऐन लागू गर्न माग गर्दा कुनै सुनुवाई नभएको तथा सामाजिक सु’रक्षा लागू नगर्ने

आउट सोर्सिङ कम्पनीलाई समेत संरक्षण गरिएपछि आन्दोलित हुनुपरेको बताए । अहिलको बि’रोध सांकेतिक मात्रै भएको भन्दै उनले यस विषयमा सोमबार अख्तियारमा उ’जुरी दर्ता गराउने र नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घे’राउ गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्