शनिबार , अषोज ९, २०७८

हराएका ४ जना बालिकाहरुको भारतबाट उ’द्दार गरी अभिभावकको जिम्मा लगाइयो ।

साउन ३१, २०७८ आइतबार 226

काठमाडौं : बारा प्रहरीले हराएका ४ जना बालिकाको उ’द्दार गरी अभिभावकको जिम्मा लगाएको छ । बारास्थित देवताल गाउँपालिका–१ बडकीफुलवरिया टोल निवासी नरेश साह गोठका

४ जना छोरीहरू १२ वर्षीया काजल कुमारी, १० वर्षीया आचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीको भारतबाट उ’द्दार गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता एवं डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनीहरु साउन २७ गतेदेखि आफ्नै घरबाट हराएको भन्दै बुबा नरेश साह गोठले साउन २९ गते निवेदन दिएका थिए । सो निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतको श्रीसियामा देखिएको सूचनाको आधारमा

भारतीय प्रहरीसँग समन्वय गरी बालिकाहरुको सकुशल उद्दार गरी नेपाल ल्याइएको डीएसपी मिश्रले बताए । प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी सकुशल उद्दार गरी बुवा नरेश साहको जिम्मा लगाइएको छ । उक्त बालिकाहरु कसरी श्रीसिया पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्