बिहिबार , माघ ६, २०७८

आज साउनको अन्तिम सोमबार, शिवको पूजा-आराधना गरिँदै !

साउन ३२, २०७८ सोमबार 480

काठमाडाैँ : आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ ।हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

यस वर्ष को’रोना महा’मारीका कारण मन्दिरहरु खुल्ला नभए पनि मन्दिर बाहिर भक्तजहरुको भिडभाड छ । पशुपतिनाथ लगायत अधिकांश मन्दिरहरु बन्द हुँदा पनि श्रद्धालु भक्तजनहरुको मन्दिर आसपास बाक्लो उपस्थिती रहेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने गरिन्छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

प्रतिकृया दिनुहोस्