सोमबार , माघ १०, २०७८

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ :- प्रधानमन्त्री

साउन ३२, २०७८ सोमबार 146

काठमाडाैँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सु’रक्षा र उ’द्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ ।

उहाँले आज बिहान ट्वीट गर्दै स’जगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उ’द्धार प्रबन्ध मिलाउन

आइतबार नै निर्देशन दिइएको पनि बताउनुभएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उ’द्धार गरी स्वदेश फर्काइरहेका छन् ।

प्रतिकृया दिनुहोस्