शनिबार , अषोज ९, २०७८

प्रधानमन्त्रीको स’क्रियता बढ्याे, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने आशंका !

भाद्र १, २०७८ मंगलबार 104

काठमाडाैँ : संसद अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक छलफललाई ती’व्रता दिनुभएको छ । सरकारले संसद अ’धिवेशन अन्त्य गरेपछि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी भएको भन्दै प्रधानमन्त्री देउवाको आ’लोचना सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजनका लागि सहज बनाउन अ’ध्यादेश ल्याए त्यसको वि’रोध गर्ने चेतावनी दिएको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा दुई यो अध्यादेश ल्याउने प्रयास गर्नुभएको थियो ।आजै प्रधानमन्त्री देउवाले राजनीतिक

छलफललाई ती’व्रता दिएपछि दल विभाजन सहज बनाउने गरी अ’ध्यादेश आउने आशंका गर्न थालिएको छ । वालुवाटार स्रोतका अनुसार अध्यादेशमा २५ वा ३० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहे दल विभाजन गर्न सक्ने प्रारम्भिक प्रस्ताव छ ।’केहीबेर अगाडि देउवाले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँग

छलफल गर्नुभएको ठाकुर पक्ष नेताहरुले जानकारी दिएका छन् ।
यस्तै सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग प्रधानमन्त्री देउवाले अनौपचारिक छलफल गरिसक्नुभएको बताइएको छ । अध्यादेशका लागि मन्त्रिपरिषद्को बैठक समेत बोलाइने तयारीमा प्रधानमन्त्री देउवा रहनुभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्