सोमबार , माघ १०, २०७८

अध्यक्ष ओली भन्छन् :- ‘राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन’ !

भाद्र १, २०७८ मंगलबार 250

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अ’ध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै

अध्यक्ष ओलीले अ’ध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारेका हुन् । ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गै’रकानूनी, जनादेशविपरितको र अ’पराधीक उदेश्यका साथको सरकार भएको आ’रोप लगाए । ओलीले षडयन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गरे ।

संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र ष’डयन्त्रपूर्वक दल बिभाजको अ’ध्यादेश सरकारले ल्याएको भन्दै उनले आ’क्रोश व्यक्त गरे । ओलीले तत्काल अ’ध्यादेश फिर्ता लिन माग गरे ।

उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्र्दै अ’ध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नबस्ने उनले बताए ।

पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताए । बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अ’ध्यादेशको चर्को वि’रोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

यस्तै बैठकले तीन दिनभित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उ’द्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।

प्रतिकृया दिनुहोस्