शनिबार , अषोज ९, २०७८

अफगानिस्तानबाट जस्तै भियतनाम, क्युबा र सोमालियाबाट पनि भागेको थियो अमेरिका ।

भाद्र १, २०७८ मंगलबार 327

काठमाडौं : ‘तपाई या त हाम्रो पक्षमा हुनुहुन्छ या विपक्षमा ।’ २००१ को सेप्टेम्बर ११ को दिन अमेरिकामा भी’षण आ’तं’कवा’दी आ’क्र’मण भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले २१ सेप्टेम्बरका दिन यो बयान दिएका थिए ।

त्यसको ठिक १५ दिनमा अमेरिकी विकानले अफगानिस्तानमा बम बर्साउन सुरु गरे । आज २० वर्षपछि त्यही अमेरिका अफगानिस्तान छाडेर भागेको छ । का’बुलसहित पूरै अफगानिस्तान फेरि त्यही तालिबानको नियन्त्रणमा छ जुन ता’लिबानसँग अमेरिकाले वार अन टेरर अर्थात आ’तं’कवि’रुद्ध यु’द्ध सुरु गरेको थियो ।

अमेरिकाको अफगानिस्तानबाट बाहिरिने निर्णयले सर्वसाधारण अफगानी जनता यतिसम्म आ’त्तिएका छन् कि उनीहरु आफ्नै देशबाट बाहिर भाग्नको लागि उडिरहेको हवाइजहाजमा झु’ण्डि’न र त्यहाँबाट ख’सेर ज्यान गुमाउन पनि पछि परेनन् । तर, अमेरिकाले फैलाएको यस्तो भागाभाग न यो पहिलो पटक हो न अफगानिस्तान यसको शि’कार हुने पहिलो देश हो । दोस्रो वि’श्वयुद्धपछि अमेरिका कम्तीमा ४ पटक अमेरिका यस्तै ठूलो ड’रमा स्थानीयलाई छाडेर भागेको छ ।

१. भियतनामअमेरिका अचानक बीचैमा पछि हटेका घ’टनाहरुमध्ये सबैभन्दा चर्चित भियतनामको घटना हो । अफगानिस्तानमा भन्दा ५ गुणा धेरै सैनिक पठाएर १९ वर्षसम्म भी’षण बमबारी गरेको अमेरिकाले उत्तरी भियतनामका कम्युनिस्टलाई झुकाउन सकेन ।

घ’रेलु द’बाबका बीच सन् १९६९ मा राष्ट्रपति बनेका रिचर्ड निक्सनले भियतनामबाट बाहिर निस्किने सोच बनाए । जनवरी १९७३ मा पेरिसमा उत्तरी भियतनाम, दक्षिणी भियतनाम र भि’यत्कंगबीच शान्ति सम्झौता भयो ।खासमा यो सम्झौताको आडमा अमेरिका भियतनामबाट आफ्नो सेना ह’टाउन चाहन्थ्यो ।

त्यसपछि भियतनाममा पनि त्यही भयो जे आज अफगानिस्तानमा भइरहेको छ । अमेरिकी सेना पूर्ण रुपमा निस्किनुभन्दा पहिल्यै २९ मार्च १९७३ मा उत्तरी भियतनामले दक्षिणी भियतनाममाथि आ’क्र’मvण गर्यो । २ वर्षपछि ३० अप्रिल १९७५ मा कम्युनिस्ट भियतनामको फौज साइगनमा प्रवेश गर्यो र त्यहाँ बाँकी भएका अमेरिकीहरु तत्काल भाग्नुपर्यो ।

साइगनलाई अहिले एकीकृत भियतनामको राजधानी हो चि मिन्हको नामले चिनिन्छ । हो चि मिन्ह कम्युनिस्ट भियतनामको सबैभन्दा ठूला नेता थिए ।भियतनाम यु’द्धको सुरुवात १९५५ मा भएको मानिन्छ । १९५४ मा जेनेभा सम्झौता अनुसार उत्तरी र दक्षिणी भियतनामको स्थापना भएको थियो । त्यहाँ एकीकृत भियतनामको लागि २ वर्षमा चु’नाब हुनुपर्ने थियो तर कहिल्यै हुन सकेन ।

कम्युनिस्ट उत्तरी भियतनामको नेतृत्व हो चि मिन्हले गरिरहेका थिए भने दक्षिणी भियतनामको नेतृत्व क्याथोलिक राष्ट्रवादी नगो दी’न्ह दीमसँग थियो । १९५५ मा उत्तरी भियतनामले दक्षिणी भियतनामवि’रुद्ध सैन्य शक्ति जम्मा गर्न थालेपछि अमेरिकाले कम्युनिस्टलाई फै’लिनबाट रोक्न सेना पठाउन थाल्यो । १९६७ सम्म भियतनाममा अमेरिकी सेनाको संख्या ५ लाखसम्म पुगेको थियो ।

२. क्युबाजनवरी १९५९ मा कम्युनिस्ट क्रा’न्तिकारी फि’डेल क्या’स्ट्रोले क्यु’बाका तानाशाह फु’लगेन्सियो ब’तिस्तालाई सत्ताबाट हटाए । नयाँ कम्युनिस्ट सरकारले क्यु’बामा निजी सम्पत्ति कब्जा गर्न सुरु गर्यो । यसरी सम्पत्ति जफत हुनेमा धेरैजसो उत्तरी अमेरिकी थिए । क्यास्ट्रोले ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रा’न्तिलाई फैलाउन सुरु गरे ।

उनी खुलेर अमेरिका वि’रुद्ध पनि बोल्न थाले । यस्तो अवस्थामा जनवरी १९६१ मा अमेरिकाले क्यु’बासँग कूटनैतिक सम्बन्ध तोड्यो ।यसअघि नै अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले क्यास्टेलाई सत्ताबाट ह’टाउनको लागि क्यु’बाबाट भागेका मानिसहरुलाई सैन्य प्रशिक्षण र ह’तियार दिनको लागि आफ्नो जा’सुसी संस्था सीआइएलाई अनुमति दिइसकेका थिए ।

१५ अप्रिल १९६१ मा अमेरिकाका ३ विमानले क्युबाको एयरबेसमा बम खसाले । यी विमानलाई क्युबाली पाइलटले उ’डाइरहेका थिए । १७ अप्रिल १९६१ मा अमेरिकाले दिएको ह’तियार र प्रशिक्षणको बलमा आवश्यक परे अमेरिकाले हवाइ सहयोग समेत गर्ने बचन दिएपछि १२ सयभन्दा धेरै क्युबाली ल’डाकुले क्युबाको पिग्सको खाडीबाट क्युबामाथि आ’क्र’म’ण सुरु गरे ।

क्यास्ट्रोले यो आ’क्र’म’ण’को जानकारी पहिले नै पाइसकेका थिए । त्यसपछि क्युबाको वायुसेनाले ती आक्रमणकारीका धेरैजसो डुंगाहरु डु’बाइदियो । आइजनहावरपछि राष्ट्रपति बनेका जोन एफ केनेडीले पहिले वचन दिएजस्तै ती ल’डाकुलाई हवाइ सहयोग दिन अन्तिम समयमा अस्वीकार गरे । केनेडी पछि ह’टेपछि केही घण्टामै १०० भन्दा धेरै ल’डा’कु मा’रिए । ११ सय ल’डा’कुलाई क्युबाले पक्राउ गर्यो ।

यो घटनापछि सोभियत संघले क्युबामा प’रमाणु मिसाइल तै’नाथ गरिदियो । यसको पत्तो पाउनेबित्तिकै अमेरिकी नौसेनाले क्युबालाई घेराबन्दी गर्यो । अमेरिकाले क्युबालाई सोभियत मिसाइल नहटाए प’रमाणु यु’द्ध गर्ने धम्की दियो । दुवै देश परमा’णु यु’द्धको संघारमा आइपुगे । ठिक समयमा सोभियत संघ मि’साइल ह’टाउन तयार भयो

प्रतिकृया दिनुहोस्