शनिबार , अषोज ९, २०७८

माधव नेपाल भन्छन् ,:- ‘केपी शर्मा ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ ?’

भाद्र १, २०७८ मंगलबार 94

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गरिने जानकारी दिएका छन् ।

मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताएका हुन् । केपी शर्मा ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ ? भन्दै उनले अब नयाँ दलमार्फत जनतामा जाने बताएका थिए । छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताए ।

२० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उनको भनाइ छ । उनले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राखे ।

सरकारले राजनीतिक दल विभाजनका लागि अ’ध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अ’ध्यादेश पारित गरेपछि एमालेले वि’भाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्