शनिबार , अषोज ९, २०७८

इलाममा थप ६१ जनामा को’रोना सं’क्रमण, सं’क्रमितको संख्या ४५११ पुग्यो !

भाद्र १, २०७८ मंगलबार 141

काठमाडौं : कोरोनाको दोस्रो लहर बढेसँगै इलाममा पनि सं’क्रमितको ग्राफ बढेको छ । आज एकै दिन इलाममा थप ६१ जनामा कोरोना सं’क्रमण देखिएको छ ।

आज थपिएका ६१ जनासँगै इलाममा सं’क्रमितको संख्या ४५११ जना पुगेको छ । इलाममा आज सं’क्रमित हुनेहरुमा इलाम नगरपालिकाका ८ महिला र ९ पुरुष, माई नगरपालिकामा ९ महिला र ६ पुरुष, सूर्योदय नगरपालिकामा ७ महिला र ५ पुरुष रहेका छन् ।

त्यस्तै, देउमाई नगरपालिकामा ३ महिला र ४ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला र ४ पुरुष, फाकफोकथुम गाउँपालिकामा ४ पुरुष र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । इलामा अहिलेसम्म को’रोना सं’क्रमणको कारण ९५ जनाको मृ’त्यु भइसकेको छ । इलामा ९०४ जना सक्रिय सं’क्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्