शनिबार , कार्तिक ६, २०७८

को’रोना को महामारीमा खोकिको समस्याले चिन्तिन हुनुन्छ? अप्नाउनुस उपाय !

भाद्र १, २०७८ मंगलबार 193

यो वसन्त ऋतुको समय पनि जाडोको समय जस्तै रुघाखोकि ठुुला साना सबैलाइ लाग्न सक्ने समय हो। रुघालागेपछि सबैलाइ सामान्यतया केहि दिन खोकि लाग्छ ।

कतिपय बालबालिकालाइ त ज्यादै नै हैरान पार्ने गरी सुत्न समेत बाधा दिने खोकी लाग्छ। यो बेला ज्वरो आयो भने त अभिभावक झन् आत्तिएर ज्वरो र खोकी जसरी भएपनि ठिक पार्न पाए हुँदो हो भन्ने सोचेर घरमा भैैराखेको ठुुला मानिसले सुक्खा खोकी रोक्न प्रयोग गर्ने औषधि र एण्टिवायोटिक् पनि आँँफैै ख्वाउन समेत पछि पर्दैनन्।

खोकी स्वयंमा समस्या होइन, यो अनावश्यक वस्तु वा बढी निस्किएको खकार बाहिर फाल्ने आवश्यक प्रक्रिया हो। खोकि राेेक्ने औषधि सुखा खोकिमा विशेष गरि ठुुला माञ्छेको लागि प्रयोग गरिए पनि तेस्ता औषधिले खकार फोक्सोतिर जान सहयोग गरेर निमोनियासम्म गराउन सहयोग गर्छन्। अतः तेस्ता औषधिको सट्टा निम्न उपायहरु प्रभावकारी छन् :

१. २-३ चम्चा महमा केही थोपा अदुवाको र तुलसीपातको रस र थोरै मरिचको धुुलो राखेर औलाले वा चम्चाले बेला बेलामा चाट्न दिने। एकवर्ष मुनिका शिशुलाइ मरिच नराख्ने। रुदिलो पाइने ठाउँमा ४-५ वटा रुदिलोको पात पनि पानीमा पकाएर दिनेे र एस्को रस छातिमा दल्ने । नत्र ज्वानो तातो पारेर टालोमा पोको पारेर अथवा कपुर गाइको शुुद्ध घिउमा फुुराएर छाति र ढाडमा लगाइदिने

२. उत्तानो पारेर सुताउँँदा सिँगान बगेर घाँटिमा गएर खोकि लगाउने र सास फेेर्न अश्जिलो पार्ने हुनाले उत्तानो नसुताई कोल्टे पारेर सुताउने

३. नाक बन्द भए मनतातो नुन पानीले सफा गरिदिने, पानीको बाफ लिन लगाउने वा बाफको नजिक राख्ने

४. बिहान बेलुका न्यानो लुगा र कान छोप्ने टोपी लगाइदिने। दिउँसो फुुकालिदिने

५. बेला बेलामा मनतातो पानी खान दिइराख्ने, ल्वाङ दालचिनी २-४ वटा टुक्रा राखेर पकाएको पानी उत्तम हुञ्छ ज्वरोमा

६. ज्वरो आए कसिएको लुगा नलाउने , पसिना आए नआएको बेेलाबेलामा जाँचेर लुगा भिजेको भए फेेरिदिने , पानी अझ बढी ख्वाउने

७.मुखमा धेेरै -याल जम्मा भए थुुक्न लगाउने वा सफा हातले हटाइदिने

८. अझैै पनि बिहान बेलुका चिसो बतास चल्नेे हुनाले खुुला ठाउँमा जान नदिने, धुलो र धुवाँँबाट जोगाउने

९. तातो र ताजा र सजिलै पच्ने जाउलो, गिलो दालभात जस्ता खाने कुरा मात्र रुचि अनुसार थोरै थोरै खान दिने, बलजफ्ति नख्वाउने

१०. अनार,सुन्ताला आदि फलफुल वा ई पाउन नसकिए किसमिस राम्ररि पखालेर अनि तातो पानीमा भिजाएर दिने। तर पाकेको केरा नदिने।

११. सास फेेर्न गारो भएमा वा कोखा हान्ने छिटो सास फेेर्ने र जति खेेर पनि घ्या्र् घ्यार् भएमा योग्य स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श लिएर थप उपचार गर्ने ।

प्रतिकृया दिनुहोस्