सोमबार , माघ १०, २०७८

ता’लिबानका सहसंस्थापक मुल्लाह अब्दुल अफगानिस्तान फर्किए !

भाद्र २, २०७८ बुधबार 554

काठमाडौं : ता’लिबानका सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । गत आइतबार ता’लिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेसँगै ता’लिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान गएका हुन् ।

कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए । कान्दाहरलाई ता’लि’बानको धार्मिक जन्मस्थल मानिन्छ ।

२० वर्षअघि अमेरिका नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।

बरादर कान्दाहर विमानस्थलबाट गाडीमा बाहिरिँदै गर्दा समर्थकहरुले नाराबाजीसहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरिएको छ ।

प्रतिकृया दिनुहोस्