सोमबार , माघ १०, २०७८

मेलम्चीमा पुन: बाढी, बगायो थप तीन घर !

भाद्र २, २०७८ बुधबार 231

काठमाडौं : अ’विरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो ।

उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिनुभयो । थप घर र बाटोसमेत जो’खिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जो’खिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अ’कालमा मृ’त्यु भएको छ भने छ घा’इते र २० बे’पत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जो’खिममा छन् ।

प्रतिकृया दिनुहोस्