शनिबार , अषोज ९, २०७८

मुलुकभर थप ३४०३ जनामा को’रोना पुष्टि, ४२ जनाको मृ’त्यु

भाद्र २, २०७८ बुधबार 97

काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट प’रीक्षण गर्दा ३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना सं’क्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ४२ जना सं’क्रमितको मृ’त्यु भएको छ ।

प्रतिकृया दिनुहोस्