शनिबार , अषोज ९, २०७८

अफगानिस्तान : राष्ट्रिय झण्डाको समर्थन गर्नेहरुमाथि तालिवानले चलायो गोली !

भाद्र २, २०७८ बुधबार 256

काठमाडौं : अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थन गर्नेहरुमाथि तालिवानले गोली चलाएको छ ।

अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिवानले गोली चलाएको जनाइएको छ ।

बुधबार त्यहाँ तालिवानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिवानका ल’डाकूले गोली चलाएको खबर बाहिरिएको छ ।

त्यहाँका मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको र ल’डाकुहरुले गोली चलिरहेको आवाजसहतिको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

प्रतिकृया दिनुहोस्