मंगलबार , साउन १२, २०७८

के तेस्रो लहरमा बालबालिका बढी सं’क्रमित हुनेछन् ?

असार २, २०७८ बुधबार 205

नेपालमा को’रोना भा’इरस (कोभिड—१९) सं’क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि को’रोना सं’क्रमणको तेस्रो लहर आएमा बालबालिका

बढी सं’क्रमित हुने पूर्वानुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं’क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सं’क्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी सं’क्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आईसीयू, एचडीयू, भेन्टिलेटर आदि तयारी अवस्थामा राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको थियो ।

यो पनि

को’रोनाको दोस्रो लहरसँग जुधिरहेका जनतालाई तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुनेबारे सरकारले नै सचेत तुल्याएसँगै अभिभावक त्रसित भएका छन् ।

तर विज्ञ भने हालसम्म कुनै पनि अध्ययन अनुसन्धानले नेपालमा को’रोना सं’क्रमणको तेस्रो लहर आएमा बालबालिका बढी प्रभावित हुने भनेर प्रमाणित नगरेको बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा को’रोना सं’क्रमणको तेस्रो लहर आएमा जनस्वास्थ्यका नियमहरु पालना नगरी हेलचक्य्राइँ गरे बालबालिकामात्रै नभएर सबै उमेर समूहका नागरिक उस्तै जोखिममा पर्ने बताउँछन् ।

‘पहिलो लहरमा वृद्धवृद्धा बढी सं’क्रमित भए रे, दोस्रो लहरमा युवा सं’क्रमित भए रे र तेस्रो लहर आउँदा बालबालिका बढी सं’क्रमित हुन्छन् भन्ने हुँदैन,’ उनी भन्छन्, ‘को’रोनाले पालैपालो निश्चित उमेर समूहलाई सं’क्रमित गर्छ भन्ने हुँदैन ।’

प्रतिकृया दिनुहोस्