बिहिबार , जेठ १२, २०७९

नेपालको इतिहासमै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी, जोगाइन् गुम्न लागेको एमाले सरकार

भाद्र ३, २०७८ बिहिबार 342

काठमाडौं : नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले वि’धिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुर्यो ।

उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ । उहाँले आफ्नो नियुक्ति मात्रै पाउनु भएन, एउटा गहन इतिहास पनि लेखाउनु भएको छ । मुलुक संघियतामा गएर सात प्रदेशमा छुट्टा छुट्टै सरकार गठन हुँदा पनि महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिएनन् ।

तत्कालीन नेकपा विभाजित भएर तत्कालीन मुख्यमन्त्रीहरु फेरबदल हुँदा पनि महिलाहरुले मुख्यमन्त्री बन्ने अबसर पाएका थिएनन् । उहाँले मुख्यमन्त्रीको महिला इतिहास मात्रै बनाउनु भएन ।

उहाँले एमालेका मुख्यमन्त्रीहरु गुम्दै जाँदा एमालेकै मुख्यमन्त्री कायमसमेत गर्नुभएको छ । एमालेकै सत्ता रहेको बाग्मतिमा निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्यले एमालेकै तर्फबाट संसदीय दलको नेतासँगै मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

प्रतिकृया दिनुहोस्