सोमबार , माघ १०, २०७८

तालिबानद्वारा अफगानिस्तान-भारत सीमापार व्यापार बन्द

भाद्र ३, २०७८ बिहिबार 381

एजेन्सी । तालिबानले अफ्गानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । ता’लिबानले अफगानिस्ताको सत्ता क’ब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको हो ।

सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे । फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ)का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो ।

योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् । व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस्