बिहिबार , जेठ १२, २०७९

माधव नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् वि’स्तार :- `प्रचण्ड´

भाद्र ३, २०७८ बिहिबार 433

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् वि’स्तार हुने बताएका छन् । समाजवादी केन्द्र, नेपालले विहीबार काठमाडौंमा आयोजना गरेको

कार्यक्रममा प्रचण्डले विहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् वि’स्तार हुने बताएका हुन् । प्रचण्डले जति छिटो पार्टीको सनाखत हुन्छ त्यति नै चाँडो मन्त्रिपरिषद् ग’ठन हुने उल्लेख गरे । त्यस्तै उहाले एमाले अध्यक्ष केपी ओलीले ल्याएको अ’ध्यादेश संविधान र

लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको र’क्षाको लागि भएको दाबी गरे । विहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अ’ध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।

पहिला र अहिलेको अ’ध्यादेशबीचमा आकाश जमिनको फरक रहेको उनको भनाइ छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादीका एउटा पात्रको भएको टिप्पणी गरे ।

भट्टराईले एमालेभित्र माधवकुमार नेपालहरुले गरेको वि’द्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने धारणा राखे । बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफहरुले पनि त्यसो गर्न नहुने उनको भनाइ छ । कार्यक्रममा बामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको बिमोचन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्