शनिबार , अषोज ९, २०७८

कहिले हेर्न पाइन्छ ‘बेल बटम’ अनलाइनमा ?

भाद्र ३, २०७८ बिहिबार 87

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित चलचित्र ‘बेल बटम’ हल रिलिज भएको छ । चलचित्र यही अगस्ट १९ तारिखमा भारतका केही हलसहित विदेशमा एकैसाथ रिलिज भएको हो ।

को’रोना कहरका कारण पटक–टिक रिलिज मिति स्थगित गरिएको यो चलचित्र अन्ततः हल रिलिज भएको हो । यो चलचित्र आफ्नो प्लेटफर्ममा रिलिज गराउन धेरै ओटीटी प्लेटफर्महरूले ठूलो रकमको प्रस्ताव चलचित्र निर्माण टिमलाई गरेका थिए ।

यद्यपि, अभिनेतालगायत निर्माण टिम आफ्नो चलचित्र सानो पर्दामा नभई हलमा नै रिलिज गर्ने लक्ष्यसहित अघि बढेको हो । भारतको महाराष्ट्रमा आजको मितिसम्म पनि हलहरू बन्द नै छन् भने अरू सहरमा पनि ५० प्रतिशत अकुपेन्सीमा मात्रै हलहरू सञ्चालनमा आएका छन् ।

यसका साथै बलिउड चलचित्रको ठूलो दर्शक रहेको नेपालका हलहरू पनि बन्द नै छन् । अन्तराष्ट्रिय बजार हेर्ने हो भने पनि सबै हलहरू सञ्चालनमा आइसकेका छैनन् । हल सञ्चालनमा आइनसकेका देशका दर्शक र हलमा जान डराउने दर्शक भने यसको डिजिटल रिलिजको पखाईमा छन् ।

नेटफ्ल्क्सि, अमेजोन प्राइम, डिज्नी प्लस हटस्टारलगायत प्लेटफर्ममा यसको प्रतीक्षा गरिरहेका दर्शकले अहिले चाँडै नै यो चलचित्र हेर्न पाउने कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन । तर, हलमा रिलिज भएको एक हप्तापछि भने अनलाइन प्लेटफर्ममा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्